आर्थिक

नेप्से परिसूचक २७ अंकले बढ्यो

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७.५ अंकले बढेको छ । नेप्से परिसूचक २७ दशमलव ५ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ । कुल १५० कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । दिनभर भएका ३८ हजार १४७ कारोबारबाट ५८ लाख १८ हजार २५ कित्ता शेयर …

पुरा पढ्नुहॊस »

पर्यटन प्रर्वद्धनका लागि पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

नेपाल पर्यटन बोर्ड (एनटीबी) र भारतको ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई) बीच दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता भएको छ । नयाँ दिल्लीमा एक कार्यक्रमका बीच नेपाल पर्यटन बोर्ड (एनटीबी) का कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ट्रावल एजेन्टस् एसोसिएशन अफ इन्डिया (टाई)का अध्यक्ष ज्योती मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रमहरु इभेन्ट, रोड सो, वेवीनार …

पुरा पढ्नुहॊस »

सुनको मूल्य चार सयले बढ्यो

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज चार सयले बढेको हो। आज छापावाला सुनको प्रतितोला ९२ हजार १०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ६०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य आज १० रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६० रुपैंयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात गरिने

विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ। फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो। बेमौसमी वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने तयारी रहेको बताइएको छ। फूल मालाको अभाव हुन नदिन भारतबाट आयात गर्न पुष्प व्यवसायी लागिपरेका छन्। नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले फूलको माग …

पुरा पढ्नुहॊस »

यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति प्रदान

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो। चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एशियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जनाएको छ। प्रवक्ता बर्तौलाका अनुसार दक्षिण एशियाली …

पुरा पढ्नुहॊस »

आजदेखि विराटनगर विमानस्थल सञ्चालनमा आउने

विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ। विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन। प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ। तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ।

पुरा पढ्नुहॊस »

डिशहोम फाइबरनेटको ४० एमबिपिएस इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा

डिशहोम फाइबरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा आइपिटिभी सित्तैमा दिने योजना “काईदाको फाइबरनेटमा फाइदाको आइपिटिभी” सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानीमा आइपिटिभी सित्तैमा पाउनेछन्। डिशहोम फाइबरनेटको ४० एमबिपिएसको एकवर्षका लागि ग्राहकले भ्याट बाहेक रु १२ हजार ९९९ खर्चनु पर्ने हुन्छ। ग्राहकले यसबापत इन्टरनेट र आइपिटिभी को बार्षिक सस्क्राइबसनका साथै आवश्यक ड्रप वायर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन। …

पुरा पढ्नुहॊस »

विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजना अघि बढाएको छः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन्। शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रवन्ध निर्देशक घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका हुन्। उनले प्राधिकरणले ठूला आयोजनाहरु शुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजना बाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने बताए। उनले अपर …

पुरा पढ्नुहॊस »

नेपाल रेलवे कम्पनीकाे स्वामित्वमा आयाे जयनगर–कुर्ता सीमापार रेलमार्ग

भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ। निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ। आज राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गरे। आजैदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ। भारत सरकारको आर्थिक सहयोगअन्तर्गत रु आठ अर्ब ७७ करोडमा निर्माण भएको उक्त …

पुरा पढ्नुहॊस »

सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले उडान भर्ने

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो। बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराेले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिएका हुन्। मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा …

पुरा पढ्नुहॊस »