सुनको मूल्य चार सयले बढ्यो

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज चार सयले बढेको हो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार १०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ६०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य आज १० रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६० रुपैंयाँमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप