नेप्से परिसूचक २७ अंकले बढ्यो

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७.५ अंकले बढेको छ । नेप्से परिसूचक २७ दशमलव ५ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ५२ अंकमा पुगेको छ ।

कुल १५० कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

दिनभर भएका ३८ हजार १४७ कारोबारबाट ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री