नेप्सेमा ३ दशमलव ६६ अंकको गिरावट

कारोबार हुने साताको पहिलो दिन (आइतबार) शेयर बजारमा झिनो अंकको गिरावट आएको छ।

गत हप्ता बुधबार ६३ दशमलव ९८ अंकले घटेको बजार आज कारोबार खुल्दा केही बढे पनि अन्तिममा ३ दशमलव ६६ अंकले घटेर २ हजार ५४३ बिन्दुमा झरेको हो।

आइतबार २३० वटा धितोपत्रको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

आइतबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य ७ दशमलव ८० प्रतिशतले बढेको छ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको १५ करोड २२ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस