सुनको मूल्य एकै दिन दुई हजारले बढ्याे, ताेलामा एक लाख बढीमा काराेबार हुँदै

साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ।

चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैँयाँले बढेको छ। शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं । भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री …

प्रतिकृया दिनुहॊस

This will auto close after