आर्थिक

आयल निगमले पुनः बढायाे पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो। निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल र मट्टितेलको १६५ रुपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। यसअघि जेठ १९ गते …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला ५ सयले बढयो

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी बिहीबार पनि सोही …

पुरा पढ्नुहॊस »

दोर्दी खोला कम्पनीको आईपीओ खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । दोर्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको छ । प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट अवितरित २ लाख ९७ हजार ८४० कित्तासहित सो सङ्ख्याको आईपीओ बिक्री खुला गरेको जनाएको छ । कम्पनीले निष्कासन गर्ने कुल आईपीओमध्ये पाँच प्रतिशत अर्थात् १ …

पुरा पढ्नुहॊस »

थप कमजोर बन्यो नेपाली रुपैयाँ, डलर भाउ १२४.६८ रुपैयाँ

काठमाडौं । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री दर तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ । बुधबार अमेरिकी डलरको विनियम दर १२४. ६४ रुपैयाँ थियो । रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा …

पुरा पढ्नुहॊस »

विकास र लगानीका लागि प्रतिष्पर्धा गर्न जनप्रतिनिधिलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन्। बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय जनप्रतिनिधिहरुले आफ्ना स्थानीयतहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताए । तीन तहका सरकार …

पुरा पढ्नुहॊस »

आइएमई पे को क्यासब्याक अफर सार्वजनिक

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले जेठ २५ गतेदेखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ। “प्रिमियम तिरौं क्यासब्याक पाऔं ” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् । अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नेछन् । आइएमई पेको बारेमाः नेपालको …

पुरा पढ्नुहॊस »

डिशहोममा १ वर्षको रिचार्ज गर्दा इलामकी मन्दिरा राईले जितिन् नगद एक लाख

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ। यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा फाकफोकथुम २, इलामकी मन्दिरा राईले नगद रु एक लाख जितेकी …

पुरा पढ्नुहॊस »

डिशहोमका ग्राहक मदनविक्रम थापाले जिते नगद एक लाख

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउनेछन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् । यसै योजना अन्तर्गत गरिएको लक्की ड्र मा : CAS ID 02564153725 भएका ग्राहक मदनविक्रम थापाले रु एक लाख जित्न सफल भएका छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम …

पुरा पढ्नुहॊस »

सेयर बजार: ६०.२२ अंकले बढ्यो नेप्से

दुई सातापछि सेयर बजार हरियाली बनेको छ। बुधबार नेप्से परिसूचक ६०.२२ अंक बढेको हाे। यससँगै नेप्से २ हजार ८० अंकमा पुगेको छ। जेठ ११ गते यता बजार लगातार घटेकाे थियो । बुधबार १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएकाे छ। सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ २९, विकास बैंक ११६, फाइनान्स ७४, होटल तथा पर्यटन ९२, जलविद्युत ८४, जीवन बीमा २९३, उत्पादन १५४, माइक्रोफाइनान्स १५४, निर्जीवन बीमा ३२०, अन्य …

पुरा पढ्नुहॊस »

“आइएमई पे” मार्फत “फुडमान्डु”को भुक्तानीमा १५% क्यासब्याक

आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” वीच सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ । यस अफरको नियम स्वरुप केवल …

पुरा पढ्नुहॊस »
This will auto close after