आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” वीच सम्झौता भएको छ ।
सम्झौता अनुरुप जेठ २३ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ । “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५% क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ ।
यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरेपछि सो ३ बिलको कुल रकममा १५% क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने आइएमई पेले जनाएको छ ।
प्रतिकृया दिनुहॊस