सेयर बजार: ६०.२२ अंकले बढ्यो नेप्से

दुई सातापछि सेयर बजार हरियाली बनेको छ। बुधबार नेप्से परिसूचक ६०.२२ अंक बढेको हाे। यससँगै नेप्से २ हजार ८० अंकमा पुगेको छ। जेठ ११ गते यता बजार लगातार घटेकाे थियो ।

बुधबार १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएकाे छ। सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ २९, विकास बैंक ११६, फाइनान्स ७४, होटल तथा पर्यटन ९२, जलविद्युत ८४, जीवन बीमा २९३, उत्पादन १५४, माइक्रोफाइनान्स १५४, निर्जीवन बीमा ३२०, अन्य ५७ र व्यापार उपसमूहको सूचक ५८ अंक बढेका छन् । यस्तै सामुदायिक लघुवित्त र उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा अरुणभ्याली, कुमारी बैंक, हिमालयन डिस्टिलरी, इन्भेष्टमेन्ट बैंक र अपी पावर क्रमश: अगाडि रहेका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

मिसिका फाउन्डेसनले गर्‍यो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

काठामाडौं । मिसिका फाउन्डेसनले चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो …

प्रतिकृया दिनुहॊस