आर्थिक

सरकारले हवाई सेवालाई सुरक्षित र गुणस्तरिय बनाउने

सरकारले हवाई सेवालाई विस्तार गर्दै सुरक्षित र गुणस्तरीय बनाउँदै लैजाने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उक्त घोषणा गर्दै उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना, नियमन क्षमता वृद्धि तथा नवीन प्रविधिको उच्चतम उपयोगलाई प्रोत्साहन गरिने उल्लेख छ। “वायुसेवा कम्पनीलाई काठमाडौँ बाहिरबाट समेत उडान गर्न प्रोत्साहित गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ, “थप मुलुकसँग हवाई सेवा सम्झौता गरि …

पुरा पढ्नुहॊस »

सरकारले रेलमार्गको अध्ययन अघि बढाउने

सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, रसुवागढी–काठमाडौँ रेलमार्ग, वीरगञ्ज–काठमाडौँलगायतका रेलमार्गको अध्ययन अघि बढाउने भएको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्वतयारी गरिने बताइन्। रसुवागढी–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन अघि बढाइने तथा वीरगञ्ज–काठमाडौँ रेलमार्गको अध्ययन अघि बढाइने सरकारको योजना रहेकाे उनले बताइन्। नीति तथा कार्यक्रमका अनुसार काठमाडौँ उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गरिने छ। नेपालका नदी …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै लामो दूरीका सवारीसाधनको भाडादर बढेको हो। यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ। विभागका अनुसार वृद्धि भएको भाडादर मंगलबारबाटै लागू हुने भएको छ।

पुरा पढ्नुहॊस »

१६ अंकले बढ्यो नेप्से

नेपाली सेयर बजार (नेप्से) मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक १६.३२ अंकले बढेर २२ सय १७ दशमलव १९ अङ्कमा पुगेर बन्द भएको छ। सोमबार नेप्सेमा ३४.२१ अंकले गिरावट आएको थियो। बढेको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स ३.६२ अङ्कले बढेर ४ सय ३२ दशमलव ७८ अङ्कमा पुगेको छ। मंगलबार नेप्से परिसूचक सुधार आएपनि कारोबार रकममा भने सोमबारभन्दा २८ करोड ७ लाख रुपैयाँले गिरावट आएको छ। सेयर बजारमा मंगलबार ३१ …

पुरा पढ्नुहॊस »

रिभर फल्स पावरको आईपीओ बाँडफाँट

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको हो। बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १८ लाख पाँच हजार ४४० योग्य आवेदकमध्ये दुई लाख …

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्याे, अब पेट्रोल १८० र ग्याँस १८०० कायम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। पेट्रोल, डिजेल र मट्टितेलमा १०–१० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २०० रुपैयाँ बढाइएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पुगेको छ।

पुरा पढ्नुहॊस »

आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित भएको छ। भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको हो । आइएमई मोटर्स नेपालका लागि अशोक लेलैन्ड इन्डियाको आधिकारिक बिक्रेता हो । अशोक लेलैन्ड इन्डियाले आइएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त ग्लोबल कन्फ्रेन्स शनिबार सकिएको छ …

पुरा पढ्नुहॊस »

७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य आइतबार (आज) प्रतितोला ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ९८ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार १ हजार २७० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ।

पुरा पढ्नुहॊस »

स्मार्ट च्वाईस टेक्नोलोजिज र फस्ट पेवीच स्मार्ट अन्तर आवद्धताको लागि सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फस्ट पे (First Pay) टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरवीच अन्तर आवद्धताको लागि सम्झौता सम्पन्न भएको छ। हालै स्मार्ट च्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकावीच स्माट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

शेयर बजारः १५ दशमलव ८२ अंकले घट्यो नेप्से

शुक्रबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बिहीबार २३ दशमलव ५१ अंकले घटेरको बजार आज पनि १५ दशमलव ८२ अंकले घटेर २ हजार २३५ दशमलव शून्य ९ विन्दुमा झरेको हो। शुक्रबार २२३ वटा धितोपत्रको २५ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ९३ करोड २२ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । शुक्रबार १३ वटा समूहमध्ये आज …

पुरा पढ्नुहॊस »