आर्थिक

बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा शिवानी श्रेष्ठलाई प्रायोजन गर्दै

काठमाडाैं । बिजबजारमा कार्यरत तेक्वान्दो, कराते र किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठ यही २० र २१ अगस्टमा भुटानमा आयोजना हुने साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा प्रतिस्पर्धीको रूपमा सहभागी हुन गाइरहेकी छन्। सो प्रतिस्पर्धामा श्रेष्ठको प्रायोजक संस्थाको रूपमा बिजबजार लिमिटेड रहने भएको छ। सो–क्यूकोसिन करातेद्वारा २०१९ मा प्लेयर अफ द एअर अवार्डबाट सम्मानित भएकी श्रेष्ठ आठौँ राष्ट्रिय खेलकुदमा सिल्भर मेडलिस्ट भएकी थिइन्। दुई पटकसम्म वीर गणेश मान सिंह …

पुरा पढ्नुहॊस »

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

काठमाडाैं । केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य प्रतितोला ९५ हजारमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्दै ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै ९५ हजार रुपैयाँमा झरेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सेयर बजार दोहोरो अंकले बढ्दा २ अर्बको कारोबार

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबारसेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक २७.७२ अंकले बढेर २०६८.४२ बिन्दुमा पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ५.४१ अंकले बढेर ४००.०८ विन्दुमा पुगेको छ । यस दिन २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रुपैयाँमा ५१ लख १ हजार २ सय ९० कित्ता सेयर खरिदबिक्री भएको छ । …

पुरा पढ्नुहॊस »

महँगी चुलियाे, गत आर्थिक वर्ष ८.८ प्रतिशतकाे मूल्यवृद्धि

काठमाडाैँ । गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८ दशमलव ०८ प्रतिशत पुगेको छ । अघिल्लो महिना जेठमा महँगी आठ दशमलव ५६ प्रतिशत थियो । गत आवको वार्षिक औसत मुद्रास्फीति दर भने ६ प्रतिशतकै हाराहारीमा सीमित थियो । सुरुवाती महिनामा कोभिडकै कारण माग बढ्न नसक्दा महँगी न्यून रहेकाले असारमा वार्षिक औसत दर भने ६ दशमलव ३२ प्रतिशतमै रहेको देखिन्छ । विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा …

पुरा पढ्नुहॊस »

फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ, छुटेकालाई चाँडो गर्न आग्रह

काठमाडौँ । राजधानीमा आयोजना हुन लागेको आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागी हुन स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ । भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुन भारत तथा बंगलादेशका समेत प्रदर्शकले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा …

पुरा पढ्नुहॊस »

होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

काठमाडौँ । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमर्जिङ्ग नेपालको लगानीमा निर्र्माण भइरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो । कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोट स्थित निर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्धारमा पर्दछ । हुम्ला आफैँमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु रहेका छन् । पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रुमामा रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति …

पुरा पढ्नुहॊस »

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य …

पुरा पढ्नुहॊस »

स्मार्ट च्वाइस र आइसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौँ । आइसीएफसी फाइनान्स र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोवाईल बैंकिङ्ग एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ । उक्त सम्झौतापत्रमा स्र्माट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको …

पुरा पढ्नुहॊस »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : अब तीन गुणा बढी यात्रुले लिनेछन् उड्डयन सुविधा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । २००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज संख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको हो । विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना (सन् २०१०-२०२८) अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्धि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको …

पुरा पढ्नुहॊस »

गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई

काठमाडाैं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन् । कम्पनीको यही साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराईलाई भदौ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको कम्पनी जानकारी दिएको छ । भट्टराईले गरिमा क्यापिटलको स्थापनाकालदेखि नै विभिन्न ओहोदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए । उनीले भारतबाट चार्टर्ड एकाउन्टेन्सी गरेका छन् । यसअघि उनी निमित्त …

पुरा पढ्नुहॊस »