गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई

काठमाडाैं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन् । कम्पनीको यही साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराईलाई भदौ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको कम्पनी जानकारी दिएको छ । भट्टराईले गरिमा क्यापिटलको स्थापनाकालदेखि नै विभिन्न ओहोदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए । उनीले भारतबाट चार्टर्ड एकाउन्टेन्सी गरेका छन् ।

यसअघि उनी निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंक हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री