होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

काठमाडौँ । होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमर्जिङ्ग नेपालको लगानीमा निर्र्माण भइरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।

कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोट स्थित निर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्धारमा पर्दछ । हुम्ला आफैँमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु रहेका छन् । पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रुमामा रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै लोभलाग्दो दृष्य रहेको छ ।

होटलले आन्तरिक तथा बाह्य पर्यटकका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवा प्रदान गर्ने जनाएको छ । मानसरोवर जाने तिर्थयात्रीका लागि हुम्लाको सिमिकोट प्रवेशद्वार र भएकाले धार्मीक पर्यटन प्रवर्द्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ ।

पर्यटन र पारिवारिक जमघटको लागि अति उपयुक्त र रमणीय वातावरणमा सञ्चालन भएकाले पर्वतीय पर्यटन विकासमा कोसेढुंगा हुने होटलले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस