आर्थिक

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर आउँदै

काठमाडाैं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । हिमाल दोलखा हाईड्रोपावरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० …

पुरा पढ्नुहॊस »

विद्यार्थीलाई सीप सिकाउन इन्फोडेभलपर्सले ल्यायो ‘क्लिक टु करिअर’

काठमाडाैं । नेपालको प्रमुख आईटी कम्पनी इन्फोडेभलपर्सले सूचना प्रविधि विषय पढ्दै गरेका विद्यार्थीहरूका लागि करियर विकास गर्ने ‘क्लिक टू करिअर’ कार्यक्रमको शुरुवात गरेको छ । यस कार्यक्रमले आईटी क्षेत्रमा आउन चाहने नयाँ ट्यालेन्टहरूलाई आईटी उद्योगको लागि आवश्यक पर्ने सीप प्रदान गर्ने, प्रशिक्षण दिने, आईटी उद्योगमा काम गर्न सिकाउने र संस्थागत नेटवर्क विकास गर्ने अवसर प्रदान गर्नेछ । यस कार्यक्रमले आईटी उद्योग र एकेडेमियाबीचको दूरीलाई पनि कम गर्न सहयोग गर्नेछ । …

पुरा पढ्नुहॊस »

केएल टावरको ‘रमाइलो दशैँ तिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

काठमाडाैं । केएल टावरले दशैँ तिहारका लागि उपहारै उपहारसहितको ‘रमाइलो दशैँ तिहार’ उपहार योजना सुरु गरेको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउनेछन्। केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डीएचआई भ्याकुम क्लिनर, मिक्चर, राइस कुकरलगायत एक हजार रुपैयाँबराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ। त्यसैगरी साप्ताहिक रुपमा डीएचआई ब्राण्डको वासिङ मेसिन, डीएचआई ४३ इन्चको …

पुरा पढ्नुहॊस »

‘खल्ती’ आईएसओ २७००१ : २०१३ बाट प्रमाणित

काठमाडाैं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ २७००१ : २०१३ बाट प्रमाणित भएको छ। सबै सरोकारवालाको डाटा सुरक्षा तथा सञ्चालनलाई आईएसओ २७००१ : २०१३ ले प्रमाणीकरण गरेको खल्तीले जनाएको छ। यस प्रमाणीकरण प्राप्त भएसँगै अब खल्तीको सञ्चय प्रक्रिया अझ पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ। आईएसओ २७००१ : २०१३ एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो। कम्पनीले भनेको छ, ‘यसले निजी तथा सरकारी कम्पनीले कसरी आफ्नो डेटा व्यवस्थापन गरिन्छ, …

पुरा पढ्नुहॊस »

दुई महिनामा ६ अर्ब बढीको मोबाइल फोन नेपाल भित्रियो

काठमाडौं । पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ) मा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन् । सो समयमा ६ अर्ब १८ करोड ८ लाख ९६ हजार रुपैयाँको मोबाइल फोन नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ४ लाख ३८ हजार ९८५ …

पुरा पढ्नुहॊस »

दुई महिनामा पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको हो । सो अवधिमा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको …

पुरा पढ्नुहॊस »

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडाैं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ । कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै समस्या समाधान हुनेछ । उनले दशैंको बिदा पछि उत्पादन शुरु हुने जानकारी …

पुरा पढ्नुहॊस »

मंगलम् पाइप्सको बृहत टेक्निसियन मिट सम्पन्न, उत्कृष्ट टेक्निसियनहरुलाई उपहार

काठमाडाैं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट भव्यताका साथ सम्पन्न गरेको छ । ४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो । अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरुलाई कम्पनीले उपहार प्रदान गरी सम्मान पनि गरेको छ । कार्यकममा उपहार वितरण मुख्य आकर्षणको रुपमा रहेको थियो । कम्पनीले उत्कृष्ट काम गर्नेमध्ये टार्गेट स्ल्याबअनुसार ३२ इन्चको स्मार्ट टिभि १७ …

पुरा पढ्नुहॊस »

राजकुमार कार्कीलाई मोटरसाइकल रेसिङको उपाधि

काठमाडाैं । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२ को ट्रफी राज कुमार कार्कीले उचालेका छन्। सातदाबाटोमा शनिबार सम्पन्न १ सय ५० सीसीको मोटरसाईकल रेसिङमा आशिक लामा दोस्रो तथा अजय तामाङ तेस्रो भए। नेपाल अटोमोबाईल्स एसोसिएसन(नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा ४८ जना प्रतिस्पर्धी थिए। यामाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, माउन्टेन स्पोर्टस फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई …

पुरा पढ्नुहॊस »

खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति पैसा फिर्ता ?

काठमाडाैं । दशैँ, तिहार र छठको अवसरमा भुक्तानी सेवाप्रदायक खल्तीले ‘खल्तीफुल’ अफर सार्वजनिक गरेको छ । कम्पनीले युनियन पेको क्युआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गर्दा ५ सय रुपैयाँ अर्थात् १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अफर ल्याएको हो । यसअनुसार गोल्ड स्टार ब्रान्ड खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटल ब्रान्डमा ५ सयसम्म, स्केचर्स ब्रान्डमा २५० सम्म, बलेनो ब्रान्डमा २ सयसम्म र साथीमार्टका उत्पादनमा २ सय रुपैयाँसम्म पैसा फिर्ता मिल्ने खल्तीले जनाएको छ …

पुरा पढ्नुहॊस »