खल्तीले ल्यायो खल्तीफुल अफर, कुन सामान खरिदमा कति पैसा फिर्ता ?

काठमाडाैं । दशैँ, तिहार र छठको अवसरमा भुक्तानी सेवाप्रदायक खल्तीले ‘खल्तीफुल’ अफर सार्वजनिक गरेको छ । कम्पनीले युनियन पेको क्युआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गर्दा ५ सय रुपैयाँ अर्थात् १० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अफर ल्याएको हो ।

यसअनुसार गोल्ड स्टार ब्रान्ड खरिदमा २५० रुपैयाँसम्म, बिग डिजिटल ब्रान्डमा ५ सयसम्म, स्केचर्स ब्रान्डमा २५० सम्म, बलेनो ब्रान्डमा २ सयसम्म र साथीमार्टका उत्पादनमा २ सय रुपैयाँसम्म पैसा फिर्ता मिल्ने खल्तीले जनाएको छ । यो योजना भदौ ३० देखि कात्तिक १४ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस