मंगलम् पाइप्सको बृहत टेक्निसियन मिट सम्पन्न, उत्कृष्ट टेक्निसियनहरुलाई उपहार

काठमाडाैं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम् पाइप्सले काठमाडौंमा बृहत टेक्निस्यन मिट भव्यताका साथ सम्पन्न गरेको छ । ४०० भन्दा बढी प्लम्बर टेक्निसियनहरुको उपस्थितिमा कार्यकम सम्पन्न गरिएको हो ।

अघिल्लो आर्थिक वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरुलाई कम्पनीले उपहार प्रदान गरी सम्मान पनि गरेको छ । कार्यकममा उपहार वितरण मुख्य आकर्षणको रुपमा रहेको थियो ।

कम्पनीले उत्कृष्ट काम गर्नेमध्ये टार्गेट स्ल्याबअनुसार ३२ इन्चको स्मार्ट टिभि १७ जनालाई, ब्राण्डेड ल्यापटप ११ जनालाई, एक तोला सुन ३६ जनालाई, डिस्कभर १२५ सिसी बाइक ८ जनालाई, पल्सर १५० सिसी बाइक ४ जनालाई, पल्सर २२० सिसी ३ जनालाई र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरेकाे छ ।

कार्यक्रममा मंगलम् पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गरेका थिए । कार्यक्रममा कम्पनीको तर्फबाट जानकारीमुलक तथा मनोरञ्जनात्मक सामग्रीहरु पनि प्रस्तुत गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस