राजकुमार कार्कीलाई मोटरसाइकल रेसिङको उपाधि

काठमाडाैं । नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२ को ट्रफी राज कुमार कार्कीले उचालेका छन्। सातदाबाटोमा शनिबार सम्पन्न १ सय ५० सीसीको मोटरसाईकल रेसिङमा आशिक लामा दोस्रो तथा अजय तामाङ तेस्रो भए।

नेपाल अटोमोबाईल्स एसोसिएसन(नासा नेपाल) मा आबद्ध क्लब मोटर स्पोर्टस नेपालद्वारा आयोजित नेपालकै लोकप्रिय बाइक रेसिङमा ४८ जना प्रतिस्पर्धी थिए।

यामाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, माउन्टेन स्पोर्टस फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई तथा नासा नेपालका पदाधिकारी र मोरङ अटो वर्क्सका अधिकारीहरुले पुरस्कार वितरण गरे।

विश्वकै लोकप्रिय मानिएको मोटरसाइकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो। विश्व मोटरसाइकल महासंघ फेडेरेसन इन्टरनेशनल डे मोटरसाइक्लिजमको नेपाल च्याप्टरको रुपमा नासा नेपाल र त्यसको मातहतका दर्जनौँ क्लबहरु मोटरसाइकल रेसिङ, र्याली र टुरिङमा क्रियाशील छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री