आर्थिक

साउथ एसिया स्टार्टअप आईसीटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप सार्वजनिक

काठमाडाैं । आईसीटी अवार्डले साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ।  सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आईसीटी अवार्डले यस वर्षदेखि साउथ एसिया स्टार्टअप विधा थप गरेको थियो। यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवदन प्राप्त भएको थियो। त्यसमध्ये यसअघि उत्कृष्ट १० हुँदै बिहीबार उत्कृष्ट ५ सार्वजनिक गरिएको छ।  साउथ एसियाका उत्कृष्ट ५ स्टार्टअपमा बंगलादेशको बोरक, श्रीलंकाको एक्जामहब र म्याजिकबिट, पाकिस्तानको पोल्टा इंक तथा भारतबाट …

पुरा पढ्नुहॊस »

नेपाली बजारमा लेन्समी अप वर्कस्पेस सार्बजनिक

काठमाडौँ । लेन्समी अप वर्कस्पेस नेपाली बजारमा सार्बजनिक गरिएको छ । यस वर्कस्पेसबाट नयाँ समुह बनाउन, जोड्न, साझेदारीमा व्यवस्थित रुपमा काम गर्न सकिने कम्पनिले जानकारी दिएको छ । साथै उक्त वर्कस्पेसको माध्यमबाट कामको अबस्था निरन्तर अनुगमन गर्न, लक्ष्य तय गर्न, कामको प्राथमिकता तय गर्न र डेडलाइनको सहजै जानकारी लिन नविनतम शैलीमा सकिने बताइएको छ । आफ्नो कामलाई व्यवस्थित गरि थोरै समयमा धेरै काम गर्न लेन्समी अपको यो सेवा सहयोगी हुने कम्पनिले …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा १ लाख ५ सय, चाँदीको कति ?

काठमाडाैँ । नेपाल सुनचाँदी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो । गत साताको …

पुरा पढ्नुहॊस »

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो । कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धककाअनुसार साधारण शेयरमा कूल १२ लाख ५८ हजार चार सय २१ आवेदकले एक करोड ४३ लाख …

पुरा पढ्नुहॊस »

सरकारले बढायो पेट्रोलियम ढुवानी भाडा, आयल निगमलाई वार्षिक ८० करोड व्ययभार थपिने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालभित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो । नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरी पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढाएको छ । शुक्रबारदेखि लागू हुने गरी इन्धन ढुवानी गर्ने करिब १९ सय ट्याङ्करको भाडा …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । सुनकाे भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ । अस्ति …

पुरा पढ्नुहॊस »

बढ्न थाल्यो अण्डाको मूल्य

काठमाडाैँ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको …

पुरा पढ्नुहॊस »

कति छ आज तरकारी तथा फलफूलको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौंले आज (शनिबार) का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार कालो अंगुरको औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ रहेको छ भने हरियोको २१० रुपैयाँ छ । यसैगरी अदुवाको ५६, अनारको २९३, अमलाको ६६, अम्बाको १३५, रातो आलुको ५३ रूपैयाँ रहेको छ । केरा दर्जनको १२६ रूपैयाँ, जुनार २३५ मौसम १६५ हुँदा भूईंकटहरको ११० रूपैयाँ छ । हेर्नुस् …

पुरा पढ्नुहॊस »

पेट्रोल, डिजेल र मट्टीतेलमा नयाँ मूल्य, अब कति पर्छ ?

काठमाडौँ । नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, …

पुरा पढ्नुहॊस »