‘मिसेस नेपाल वर्ल्ड’ दीक्षालाई इलेक्ट्रिक स्कुटर प्रदान

काठमाडाैँ । ‘मिसेस नेपाल वर्ल्ड’ की विजेता दीक्षा केसीलाई इलेक्ट्रिक स्कुटर पुरस्कार हस्तान्तरण गरिएको छ। बुधबार ललिपुरमा एक समारोहबीच विजेता केसीलाई रातो रंगको सो इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको हो।

मिसेस नेपाल वर्ल्डका आयोजक तथा रिवन इन्टरटेन्मेन्टका अध्यक्ष निशुकान्त झा, मिसेस नेपाल वर्ल्डका अफिसियल कोरियोग्राफर अश्विनी कान्त झा, एस वे कम्पनीकी गृष्मा शाक्य तुलाधर लगायतले ललितपुरमा एक समारोहबीच दिक्षालाई सो स्कुटर हस्तान्तरण गरेका हुन्।

रिवन इन्टरटेन्मेन्ट प्रालिले आयोजना गर्दै आएको मिसेस नेपाल वर्ल्डको सुन्दरी प्रतियोगितामा केसीले ताजसँगै स्कुटर जितेकी हुन्।

गत वर्ष सम्पन्न मिसेस नेपाल वर्ल्डको फाइनलमा दीक्षाले उपाधिसँगै अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर, इलेक्ट्रिक स्कुटर र पोखराको टुर प्याकेज हासिल गरेकी थिइन्।

हालै मात्र मिसेस नेपाल वर्ल्डको तर्फबाट आफूले अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेर आएको पनि उनले बताइन्। मिसेस वर्ल्डको स्टेजमा आफूले नेपालको कला संस्कृति प्रस्तुत गरेर नेपाललाई चिनाएको उनले बताइन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तोलामा १६ सयले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी …

प्रतिकृया दिनुहॊस