निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताएका छन्

बिहीबार महासङ्घले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन। उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको बताउँदै निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताए । उनले सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैले वर्तमान आर्थिक समस्याको समाधान तत्कालै गर्ने गरी आउन नसकेको बताए ।

उनले भने ‘अर्थतन्त्रका वर्तमान आर्थिक समस्या तत्काल समाधान गर्ने गरी सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैमा आएन । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको छ । निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको छ ।’ उनले निजी क्षेत्रले घरजग्गा लगायतका विषयमा दिएको सुझावलाई सम्बोधन गरिएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस