बैंकिङ्ग

एनआईसी एशिया बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई घुम्ती शौचालय हस्तान्तरण

काठमाडाैँ । एनआईसी एशिया बैंकले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको आतिथ्यतामा वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो । वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सम्बद्र्धनबाट भविष्यमा बढी भन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पाशुपति क्षेत्रमा सहज रुपमा उक्त क्षेत्र दर्शन भ्रमणमा …

पुरा पढ्नुहॊस »

ज्योति र हाम्रोबीच एकिकृत कारोबार शुरु, सबैभन्दा ठूलो विकास बैंक

काठमाडौं । राष्ट्रियस्तरकाे ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीच एकिकृत कारोबार शुरु भएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरी ज्योति विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेको हो । एकिकृत कारोबारको शुभारम्भ  नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरेका छन् । कार्यक्रममा रेग्मीले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने जानकारी दिए । त्यसैगरी …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा १ अर्ब ९६ करोडको आवेदन, मागभन्दा ४६ करोड बढी

काठमाडौं । ग्लोबल आइएमईले निष्काशन गरेको ऋणपत्र आजदेखि बन्द भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्रमा १ अर्ब ९६ करोड रुपैयाँको आवेदन परेको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । अन्तिम दिन बिहीबार बैंकले निष्काशन गरेकोभन्दा ४६ करोड रुपैयाँ बढीको आवेदन परेको निष्काशन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा सर्वसाधारणका लागि ६ लाख …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको ऋणपत्र निष्काशनमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच “१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८५”नामक ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो । उक्त नियुक्त गर्ने सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनएमबि क्यापिटलले माछापुच्छ्रे बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र एनबीआई बीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता

काठमाडौँ । सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि विहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे । यस सम्झौता अनुसार एनबिआइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गर्ने तथा बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका …

पुरा पढ्नुहॊस »

सिन्धु बिकास बैंकले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बीमा सेवा उपलब्ध गराउने

काठमाडाैँ । सिन्धु बिकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले हस्ताक्षर गरेका छन् । सम्झौता सँगै सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले प्रदान गर्न बीमा सेवा बैंक बाटै लिन सक्नेछन् । बैंकले पनि सेवाग्रहीलाई लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बीमा …

पुरा पढ्नुहॊस »

नबिल बैंककाे नयाँ योजना, ३.९४% दरमा १५ लाख र ९.९९% मा डेढ करोडसम्म कर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । नबिल नारी अन्तर्गत बैंकले नबिल प्रिमियम नारी बचत खाता र नबिल नारी कर्जाका साथै साना तथा मझौला कार्यक्रमअन्तर्गत महिलाद्वारा सञ्चालित साना व्यवसाय कर्जाको बिहीबार सार्वजनिक गरेको हो । नबिल बैंकले महिला बचत खातामा ४.५ प्रतिशत ब्याजदर दिने भएको छ । उक्त खाता अन्तर्गत क्रेडिट कार्ड, डिमान्ड ड्राफ्ट, लकर लगायतका सुविधा लगायतका सुविधा उपलब्ध हुने बैंकले जनाएकाे छ । …

पुरा पढ्नुहॊस »

४ वर्षे कार्यकाल पूरा गरेका नेपाल बैंकका सिइओ शाहको सम्मान सहित बिदाई

काठमाण्डौँ । ४ वषदेखि नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)को जिम्मेवारी सम्हाली आफ्नो कार्यकाल पूरा गरेका देवेन्द्रप्रताप शाहलाई बिहीबार एक समारोहका बीच बिदाई गरिएको छ । निवर्तमान सिइओ शाहलाई नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी, नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारी र विज्ञ नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले सम्मानित गरे । सो अवसरमा सञ्चालक समितिका अध्यक्ष अधिकारीले सिइओ शाहसँग छोटो समयमात्र काम गर्न पाएतापनि …

पुरा पढ्नुहॊस »

मेगा बैंक र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता

काठमाडौँ । मेगा बैंक नेपाल  र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । मेगा बैंकले आफनै ‘मेगारेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा निकै लोकप्रिय रहेको कोइनसट कम्पनीसँग सम्झौता गरेको हो ।कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो । यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकहरुमा रहेको खातामा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार

काठमाडाैँ । यस महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँ महानगरपालिकाको वार्ड नं १५ स्थित डल्लुमा तथा वार्ड नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो । उल्लिखत शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९२ पुगेको छ । बैंकले शाखा कार्यालय सञ्चालनमा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds