माछापुच्छ्रे बैंकको ऋणपत्र निष्काशनमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच “१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८५”नामक ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो ।

उक्त नियुक्त गर्ने सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनएमबि क्यापिटलले माछापुच्छ्रे बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु सम्पन्न गर्ने छ ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँ दरका ३० लाख कित्ताको सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । सो मध्ये १८ लाख कित्ता ऋणपत्र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट) बाट र १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने बैंकले जनाएको छ ।

वार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे उक्त ऋणपत्रको अवधि १० बर्ष रहने छ । कम्पनीका अनुसार बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिनेका साथै अर्ध बार्षिक रुपमा (६र६ महिनामा) ब्याजको भुक्तानी गरीने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा बैंकले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं । सानिमा बैंकले आईएसओ २७००१ः०२२ प्रमाणपत्र प्राप्त गरेको छ। सूचना प्रविधि र सूचना प्रविधि …

प्रतिकृया दिनुहॊस