ग्लोबल आइएमई बैंकको ऋणपत्रमा १ अर्ब ९६ करोडको आवेदन, मागभन्दा ४६ करोड बढी

काठमाडौं । ग्लोबल आइएमईले निष्काशन गरेको ऋणपत्र आजदेखि बन्द भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्रमा १ अर्ब ९६ करोड रुपैयाँको आवेदन परेको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।

अन्तिम दिन बिहीबार बैंकले निष्काशन गरेकोभन्दा ४६ करोड रुपैयाँ बढीको आवेदन परेको निष्काशन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरमा सर्वसाधारणका लागि ६ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

बैंकले १०.२५ प्रतिशत व्याजदरमा एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको थियो । सर्वसाधारणले न्युनतम २५ र अधिकतम ७५ हजार कित्ताको लागि आवेदन  दिन सक्ने गरी निष्काशन भएको यस बैंकको ऋणपत्रमा आकर्षण देखिएको छ ।

बैंकले गत फागुन १५ गतेदेखि छिटोमा १९ गतेसम्म निष्काशन गरेकोमा माग अनुसार आवदेन नपरेको भन्दै ढिलोको अवधि आजसम्मका लागि आह्वान गरेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दराजसँग दशैं धमाका योजनाका लागि सानिमा बैंकद्वारा सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट …

प्रतिकृया दिनुहॊस