सिभिल बैंक र एनबीआई बीच वित्तीय साक्षरता कार्यक्रम सम्बन्धी सम्झौता

काठमाडौँ । सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि विहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार एनबिआइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गर्ने तथा बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एप्को बारेमा जानकारी गराई ग्राहकवर्ग माझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागि प्रेरित गर्नेछ ।

साथै बैंकले उक्तएप् मार्फत समाजका विभिन्नवर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समाआश्रित परिवारहरु, शिक्षक–शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । एनबिआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको समेत व्यवस्थापन गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले बैंकको ग्राहक तथा समुदायका सदस्यहरुलाई मध्यनजर गर्दै असोज १३ गते …

प्रतिकृया दिनुहॊस