महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार

काठमाडाैँ । यस महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौँ महानगरपालिकाको वार्ड नं १५ स्थित डल्लुमा तथा वार्ड नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो । उल्लिखत शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९२ पुगेको छ ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after