एन आइसी एशिया बैंकको नाफा १४५ प्रतिशतले बढ्यो

काठमाडाैँ । एनआइसी एशिया बैंकले चालु् आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १४५.४१ प्रतिशत खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको यही अवधीमा बैंकको खुद नाफा ९२ करोड ७६ लाख रुपैयाँ रहेको थियो। ९ महिनाको अवधीमा बैंकले खुद नाफा २ अर्व २७ करोड रुपैैयाँ पुर्याएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकको निक्षेप रकम १०.४२ प्रतिशत, कर्जा २२.२४ प्रतिशत, कुल ब्याज आम्दानी १००.५ प्रतिशतले बृद्धि भएको छ।

बैंकको चुक्ता पुँजी ८ अर्व ८३ करोड रुपैयाँ पुगेसँगै जगेडा कोषमा ५ अर्व ४५ करोड रुपैयाँ जम्मा भएको छ। बैंकको निश्क्रृय कर्जा ०.४५ प्रतिशत रहेको छ भने बितरण योग्य नाफा १ अर्व ५ करोड रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी ३४.३६ रुपैयाँ रहेको छ भने प्रतिशेयर सम्पत्ति मूल्य १६१ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात १३ रुपैयाँ ६४ पैसा रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस