सिद्धार्थ बैंकको शाखा बाँकेको खजुरामा

काठमाडौँ । सिद्धार्थ बैंकले आइतबार बाँकेको खजुरामा शाखा बिस्तार गरेको छ । बैंकको खजुरा शाखाको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले गरेका हुन् ।

बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप