कैलालीको अत्तरियामा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले कैलाली गोदावरी न.पा. वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

शाखाको उद्घाटन गर्दै गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

बैंकको अत्तरिया शाखा कार्यालयबाट उक्त क्षेत्रका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds