सनराइज बैंकले कमायो १ अर्ब १६ करोड

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्ष २०७३/०७४ को एक वर्षमा १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको नाफा अघिल्लो वर्ष २०७२/७३ वर्षको तुलनामा २२ दशमलव ८७ प्रतिशतले बढेको बैंकले जानकारी दिएको छ ।

यो नाफा गत वर्षको तुलनामा २१ करोड ७६ लाख रुपैयाँले बढेको हो । यो बैंकले गत वर्ष ९५ करोड १३ लाख रुपैयाँ कमाएको थियो ।

यो बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी ७ अर्ब १ करोड रुपैयाँ रहेको छ । यसको संचित कोषमा २ अर्ब ३१ करोड रुपैयाँ जम्मा रहेको छ ।

बैंकले असार मसान्तसम्ममा निक्षेप संकलन ६१ अर्ब १ करोड रुपैयाँ संकलन गरेको छ भने अर्ब ५१ अर्ब ७३ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले हालसम्म गरेको लगानी भने ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात १ दशमलव ३७ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds