काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणलको तालिम केन्द्रमा ‘आइसोलेसन सेन्टर’ निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ ।
तालिम केन्द्रको पूर्वाधारलाई आइसोलेसन सेन्टरको रुपमा निर्माणका लागि मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिए।तालिम केन्द्र परिसरभित्रका भवनहरुमा रहेका ६६ वटा कोठामा १ सय ३३ वटा बेडहरु राख्न सकिने र ,गत वर्ष राखिएका बेड पनि त्यहाँ रहेकाले , त्यसमा थप ५० बेड थपि आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्ने शाक्यले बताए।
प्रतिकृया दिनुहॊस