काठमाडौँ महानगरपालिका साक्षर घोषित भएको छ।
काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो।
साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएका जिल्ला वा पालिकालाई साक्षर घोषणा गर्न सकिनेछ।
कार्यक्रममा साक्षर महानगर बनाउन भूमिका खेल्ने विभिन्न १५ सामुदायिक सिकाइ केन्द्रलाई सम्मान गरिएको थियो। मुलुकका धेरै जिल्लामा नागरिक बसोबास गर्ने महानगरमा साक्षरता प्रतिशत बढाउनु र तथ्याङ्कको सङ्कलन गर्नु चुनौती बन्दै आएको थियो।
तपाईंको प्रतिकृया




