काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले दल बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताएका छन् । बिहान सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्तो बताएका हुन् ।
सम्भावित राष्ट्रपतिको रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको बेला कोइरालाले राष्ट्रपतिको उम्मेदवार गैरदलीय व्यक्ति हुनुपर्ने बताएका हुन् । राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने उनको भनाई छ ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ताको दिन नजिकिइरहेको बेला दलहरू उम्मेदवार चयनका लागि छलफलमा जुटेका छन् ।
तपाईंको प्रतिकृया



