चितवनमा गैडाको आक्रमणबाट एकको मृत्यु

काठमाडाैँ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।

सोमबार बिहान करिब ५: ४५ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङलाई गैंडाले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री