News desk

वैदेशिक रोजगार : अवसर र चुनौती 

आयआर्जन गर्नका लागि आफ्नो देशभन्दा बाहिर गएर शारीरिक अथवा मानसिक श्रम गर्ने कार्यलाई वैदेशिक रोजगारी भनिन्छ । वैदेशिक रोजगारी ऐन, २०६४ अनुसार वैदेशिक रोजगारी भन्नाले स्वदेशका मानिसहरुले विदेशमा गएर गरिने रोजगार हो । कुनैपनि राष्ट्रका युवाहरु बलिया खम्बा हुन् । युवाबाट म्ुलक उन्नति र समुद्धिको पथमा अगाडि बढ्छ । उनीहरु बिना देशले विकासको गति लिन सक्दैन । हाम्रो मुलुकबाट खाडी मुलुकमा रोजगारीका लागि वर्षेनी लाखौँ युवाहरु विदेशिने गरेका छन् । …

पुरा पढ्नुहॊस »

निकिताले लेखिन्- ‘मिडियाविरुद्ध मुद्दा हाल्दा रविको राजनीतिमा धक्का दिने चेतावनी आयो’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले मिडिया सञ्चालकबाटै रविको राजनीतिमा धक्का पुर्‍याउने डर देखाइएको बताएकी छन् । विभिन्न सञ्चारमाध्यमविरुद्ध काठमाडौं जिल्ला अदालतमा र प्रेस काउन्सिलमा मुद्दा दायर गरेकी निकिताले ठूला मिडियाविरुद्ध मुद्दा हाल्दा आफ्ना श्रीमानको राजनीतिमा ठूलो धक्का पुग्ने चेतावनी दिँदादिँदै पनि आफू अघि बढेको बताएकी हुन् । चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए …

पुरा पढ्नुहॊस »

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौँ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ । इलाम-२ र बझाङ १ (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो । इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको …

पुरा पढ्नुहॊस »

आज (शनिबार) कुन-कुन राशिलाई शुभ ?

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

ब्रोकर्स एशोसिएसनले आयोजना गरेको निबन्ध प्रतियोगिताको विजेता घोषणा

काठमाडाैं । विश्व वित्तिय सप्ताह २०२४ को उपलक्ष्यमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा भएको छ । २०८० फाल्गुण ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम दिन २०८० चैत्र ०७ गते साँझ ०५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना …

पुरा पढ्नुहॊस »

क्रसबोर्डर भुक्तानीका लागि माछापुच्छ्रे बैंकले गर्‍यो क्लियरिङ हाउस र फोनपेसँग सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस र फोनपे प्रालिसँग नेपाल–भारत अन्तर्सीमा भुक्तानीका लागि सम्झौता गरेको छ। योसँगै भारतबाट नेपाल घुम्न आउने भारतीयले वस्तु तथा सेवा खरिदपछि तत्कालै यूपीआई–एपहरुबाट क्यूआर गरी भुक्तानी गर्न पाउने भएका छन्। बैंकले पर्सन टु मर्चेन्ट (पी२एम) भुक्तानीका लागि फोनपेसँग साझेदारी गरेको हो। योसँगै अब बैंकका फोनपे नेटवर्कसँग सम्बन्धित मर्चेन्टले यूपीआई भुक्तानी स्वीकार्न सक्नेछन्। यसले नगद कारोबारको अनिवार्यतालाई हटाएको छ। एक छुट्टै सम्झौतामा बैंकले अन्तर्सीमा भुक्तानी …

पुरा पढ्नुहॊस »

कलेजको पाँचौं तलाबाट हाम हालेकी युवतीको मृत्यु

काठमाडौं । दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फाल्दा १९ वर्षिया युवतीको मृत्यु भएको छ । कलजेको पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । अधिकारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उनको उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पोखरा घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो स्थापनाको १७ वर्ष पुरा गरी वार्षिकोत्सव मनाउने क्रममा करिब एक दशक देखि अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार,शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग स्वरुपरू एक लाखपचास हजारको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो १७ औं वार्षिक उत्सव यही वैशाख ७ गते मनाउँदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । एक समारोहका बीच बैंकले उक्त चेक …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकले बिना धितो २ लाखसम्म ऋण दिने, मोबाइल एप्लिकेसनबाटै अप्लाई गर्न मिल्ने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडद्वारा Instant Fone loan सुचारु गरेको छ। बैंकले बढ्दो डिजिटल प्रविधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले ADBL Smart Plus App मा कर्जाको नयाँ सुविधा सुरु गरेको हो । यस सुविधा मार्फत, योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा …

पुरा पढ्नुहॊस »

नयाँ वर्षको अवसरमा सामसङले ल्यायो नयाँ अफर

काठमाडाैं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर ल्याएको छ। यसअन्तर्गत ग्राहकहरूले टिभी किन्दा ३८ प्रतिशतसम्म र फ्रिज र वासिङ मेसिन किन्दा ३० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ। ग्राहकहरूले ० प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको किन्न सक्ने छन्। यो अफर २०८१ जेठ २ गतेसम्म …

पुरा पढ्नुहॊस »