News desk

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

काठमाडौं । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएका छन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले …

पुरा पढ्नुहॊस »

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

अछामको मेल्लेखमा ट्याक्टर पल्टियो, एकै वडाका पाँच जनाको मृत्यु

काठमाडौं । अछाममा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । मेल्लेख गाउँपालिका-७ नन्देगडाको सुयडीमा सोमबार बिहान टयाक्टर दुर्घटना भएको हो । प्रहरीकाअनुसार मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी मेल्लेख गाउँपालिका-७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक …

पुरा पढ्नुहॊस »

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय जनता पार्टीले सार्बजनिक गरेको उम्मेदवारहरूकोसूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको छ । कंगनाले एक दिन अगाडि नै चुनाव लड्ने संकेत दिएकी थिइन् । हिमाचल प्रदेशको कांगडास्थित बगलामुखी …

पुरा पढ्नुहॊस »

होली विशेष चेकिङ : ७८४ सवारीसाधन होल्ड, मापसे गर्ने १३५ र लापसे गर्ने १२ जना चालक नियन्त्रणमा

काठमाडौँ । फागु पूर्णीमा (होली) लाई लक्षित गरी आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिएका छन् । होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङका क्रममा ७८४ सवारी साधनलाई होल्ड गरिएको थियो । होली पर्व …

पुरा पढ्नुहॊस »

कान्तिले उपचार नगरी फर्काएकी ७ वर्षीया सेन्जलको मृत्यु

काठमाडौं । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ । शाहीको नेपाल-भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उपचारमा सरोकार राख्दै आएका पत्रकार राजु सुवेदीले जानकारी दिए । सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख खर्च भएको उनको भनाई छ । शाहीको किड्नीमा …

पुरा पढ्नुहॊस »

ढोलाहिटीमा होली खेलिसकेपछि ग्याङ फाइट, दुई युवकको मृत्यु

काठमाडौं । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ । गएराती ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा दुई पक्षबीच झडप हुँदा दुई जनाको मृत्यु भएको हो । झडपमा परी पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनीहरूमाथि शरीरमा छुरा प्रहार भएको छ । राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल …

पुरा पढ्नुहॊस »

शतकपछि फागु पूर्णिमामा चन्द्रग्रहण, तीन राशिलाई शुभ

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, यो चन्द्र ग्रहण नेपाल र भारतलगायतको क्षेत्रमा भने देखिंदैन । चन्द्रग्रहण यस वर्ष सय वर्षपछि होलीमा लाग्दैछ । यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च बिहान १०ः२३ मा सुरु हुनेछ र यो ०३ः०२ बजे समाप्त हुनेछ । यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदेख्ने भएकाले यसको सुतक अवधि पनि मान्य हुने छैन । आयरल्याण्ड, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६२ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

काठमाडौंमा घाम लाग्यो, अन्य क्षेत्रको मौसम कस्तो ?

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम सफा रहने छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही …

पुरा पढ्नुहॊस »