क्रसबोर्डर भुक्तानीका लागि माछापुच्छ्रे बैंकले गर्‍यो क्लियरिङ हाउस र फोनपेसँग सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस र फोनपे प्रालिसँग नेपाल–भारत अन्तर्सीमा भुक्तानीका लागि सम्झौता गरेको छ।

योसँगै भारतबाट नेपाल घुम्न आउने भारतीयले वस्तु तथा सेवा खरिदपछि तत्कालै यूपीआई–एपहरुबाट क्यूआर गरी भुक्तानी गर्न पाउने भएका छन्।

बैंकले पर्सन टु मर्चेन्ट (पी२एम) भुक्तानीका लागि फोनपेसँग साझेदारी गरेको हो। योसँगै अब बैंकका फोनपे नेटवर्कसँग सम्बन्धित मर्चेन्टले यूपीआई भुक्तानी स्वीकार्न सक्नेछन्। यसले नगद कारोबारको अनिवार्यतालाई हटाएको छ।

एक छुट्टै सम्झौतामा बैंकले अन्तर्सीमा भुक्तानी तथा रेमिट्यान्सका लागि नेपाल क्लियरिङ हाउससँग साझेदारी गरेको छ। योसँगै नेपालमा रहेका भारतीयहरुले यूपीआई जोडिएको खातामा प्रत्यक्ष रुपमा रकम पठाउन पाउनेछन्। राष्ट्र बैंकले यसअघि नै यस्तो सुविधा दिने बाटो खोलिदिएको थियो।

केन्द्रीय बैंकको सर्कुलरअनुसार नेपाली बैंकमा तलबी खाता भएका भारतीयहरुले दैनिक १५ हजार भारु र मासिक १ लाख भारु पठाउन सक्छन्।

त्यसैगरी भारतमा रहेका नेपालीले पनि यूपीआई सक्रिय एपहरु प्रयोग गरी नेपालमा माछापुच्छ्रे बैंकमा रहेको यूपीआई ह्यान्डल लिंक खातामा पैसा पठाउन सक्नेछन्। नेपाली खातावाहकले एकपटकमा २ लाख रुपैयाँसम्म पठाउन सक्नेछन्। त्यसैगरी ग्राहकले ५० हजार रुपैयाँसम्म प्रतिकारोबार पठाउन सक्छन्। यसरी एक वर्षमा १२ पटक पैसा पठाउन सकिने बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिने, यी क्षेत्रमा परिचालन गरिने

काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड …

प्रतिकृया दिनुहॊस