काठमाडौं । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो ।
ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ । ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ । त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ । निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ ।
सोहीअनुसार सरकारी निकायले कर्मचारीलाई विभागिय कारबाही गर्न आयोगमा परामर्श दिन पठाएको थियो । विभागीय कारबाहीका लागि परामर्श माग भई आएकामा आयोगले छानबिन गरी कारबाहीका लागि सरकारलाई परामर्श दिएको आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।
तपाईंको प्रतिकृया



