फोन गर्दा १०, उठाउँदा पाँच रुपैयाँ

हुम्ला । हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको फोन प्रयोग कम हुँदै गएको छ । अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा समेत संवाद हुन थालेको छ ।

नयाँ पत्रिका दैनिक लेख्छ, हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने फोन गर्न पनि पालो कुर्नुपर्ने अवस्था छ । ‘एउटै फोन छ, जिमी क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ, त्यसैले पालो कुरेर बस्छौँ’, स्थानीय निमाछिरिङ तामाङले भने ।

उनका अनुसार फोन दिउँसो घाम लागेका वेला मात्र चल्छ। बिहान, बेलुकी र राति काम दिँदैन । लिमीमा नेपाल टेलिकमको एउटा भी स्याट फोन छ । त्यसैका भरमा सबैले खबर आदानप्रदान गरिरहेको स्थानीय कोलाप्साङ तामाङले बताए ।

लिमी क्षेत्रमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन् । तीनै गाउँमा २७५ परिवार बस्छन्। यहाँ एक–एक थान भी स्याट फोन छ । यी तीनै सेटबाट फोन गर्दा प्रतिमिनेट १० र आएको फोन रिसिभ गर्दा पाँच रुपैयाँ तिर्नुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस