के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडाैं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेला यो जिज्ञासा छ।

नियामक निकाय प्राधिकरणले आइतबार दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवाप्रदायक र नेटवर्क सेवा प्रदायकलाई पत्र लेखेर अश्लील सामग्री समावेश भएका वेभ साइट बन्द गर्न निर्देशन दिएको छ। इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले नेपाली समाजको मूल्य मान्यता तथा सामाजिक सद्भावमा खलल पुगेको, यौनजन्य हिंसा र विकृतिलाई प्रेरित गरेको सरकारको निष्कर्ष छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा गोपाल साउदले लेखेका छन्।

सरकारले अश्लील सामग्रीमा प्रतिबन्धको निर्देशन दिँदा प्रविधिमा प्रतिवन्ध गर्न नखोजेको स्पष्टीकरण पनि दिएको छ। प्राधिकरणका अनुसार नेपालमा अहिले कुल जनसंख्याको ५१ दशमलव १५ प्रतिशत अर्थात् डेढ करोड जनसंख्यामा तीब्र गतिको इन्टरनेट पहुँच पुगिसकेको छ। इन्टरनेटको पहुँचसँगै त्यसमार्फत् बालबालिकासमेत त्यस्ता सामग्रीको सम्पर्कमा सहजै पुग्न सक्ने स्थिति छ।

यौनजन्य सामग्रीको सहज पहुँचले बलात्कार, यौन दुव्र्यवहारलगायतका घटनामा सघाउ पुगेको निष्कर्षसहित सरकार प्रतिवन्ध लगाउनेसम्मको निष्कर्षमा पुगेको हो। इन्टरनेटमार्फत् अश्लील सामग्रीमा हुने पहुँचमा रोक लागाउने सरकारको यो निर्णय पहिलो भने होइन। आठ वर्ष अघि ०६७ सालमै सरकारले यस्तो प्रयास गर्दा पनि सफल भएको थिएन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस