काठमाडाैं । दुई सातादेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा २ हजार ५ सय ४६ मेट्रिक टन चिनी थन्किएको छ । दशैं, तिहार, छठ लगायतका चाडबाडको मुखमै आयातित चिनी सुख्खा बन्दरगाहमा थन्किएको हो ।
संघीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लागु गरेपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको १३ करोड रुपैयाँको चिनी गोदाममा अलपत्र परेको छ । भारतबाट ल्याइएको चिनीको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपास प्रक्रिया नै अघि बढाएको छैन ।
नेपाली चिनी उद्योगीहरुको हितका लागि भन्दै सरकारले चिनी आयातमा ‘कोटा प्रणाली’ लागु गरेको छ । तर निर्णय स्पष्ट नहुँदा सरकारले कोटा नीति ल्याउनु अघि नै प्रतीतपत्र (एलसी) खोलेर नेपाल भित्रिएको चिनी समेत सुक्खा बन्दरगाहमा दुई सातादेखि थन्किएको हो ।
संघीय सरकारले स्वदेशी चिनी उद्योगीलाई बचाउन ल्याएको निर्णयले उपभोक्ताहरु चाडबाडमा महंगो मूल्य तिरेर चिनी खरिद गर्न बाध्य भएका छन् ।
प्रतिकृया दिनुहॊस