बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए, ४ जनाको मृत्यु

काठमाडाैं । बाँकेमा माइक्रो बस र ट्रक जुध्दा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुध्दा दुर्घटनामा भएको हो ।

कोहलपुर-लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका ९ मा भएको सो दुर्घटनामा घटनामा ११ जना घाइते भएका छन् । तीमध्ये ३ जना गम्भीर छन् ।

उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको ट्राफिक प्रहरीका सइ तेजबहादुर रानाले बताए । मृतकको सनाखत हुन बाँकी छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री