काठमाडौं । साफ यू-१८ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
भुटानमा भइरहेको च्याम्पियनसिपमा नेपालले पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्र भुटानलाई ४-० ले पराजित गर्दै बंगलादेशले नेपालसँगको फाइनल भेट पक्का गरेको हो । नेपाल र बंगलादेशबीच यो दोस्रो खेल हुनेछ ।
समूह्य चरणमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो । अब फाइनलमा नेपाल सामु बंगलादेशलाई पराजित गर्दै उक्त हारको बदला लिने अवसर समेत छ । फाइनल खेल आइतवार हुनेछ ।
तपाईंको प्रतिकृया




