नबिल बैंकका कार्ड प्रयोगकर्तालाई नेपाल क्यान्सर अस्पतालमा छुट

काठमाडाैं । नबिल बैंक र नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र बिच सम्झौता भएकोे छ । अब नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने भएका छन् ।

सम्झौता अनुसार नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका ग्राहकलाई रेडियोविज्ञान, प्रयोगशाला तथा बेड चार्जमा १० प्रतिशत छुटका साथै रेडिएसन थेरापी र ब्राच थेरोपीमा ५ प्रतिशत छुट प्रदान गर्नेछन् ।

बैंकका कार्ड प्रयोगकर्ताहरु लगायत उनीहरुका दम्पति, बालबच्चाहरु तथा आमाबाबुहरुको चिकित्सा उपचार गर्दा सो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस