इन्टरपोलका चीन प्रमुख होङ्वेई बेपत्ता

काठमाडाैं । चीनका लागि अन्तर्राष्ट्रिय प्रहरी निकाय (इन्टरपोल) का प्रमुख मेङ होङ्वेई बेपत्ता भएका छन् । फ्रान्सस्थित इन्टरपोलको मुख्यालयबाट चीन गएपछि उनी बेपत्ता भएको बीबीसीले लेखेको छ ।

होङ्वेई बेपत्ता भएसँगै उनको खोजी शुरु भएको छ। उनलाई फ्रान्सको प्रहरीले खोजी तीव्र पारेको छ । इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । होङ्वेई फ्रान्सबाट भने नहराएको फ्रान्सको अनुसन्धान टोलीले बताएको समाचारमा उल्लेख छ ।

६४ वर्षीय होङ्वेई चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसमेत हुन् । उनी हराएकोबारे आफूलाई जानकारी भएको इन्टरपोलले लेखेको छ भने उसले थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ । होङ्वेई गत सेप्टेम्बर २५ मा फ्रान्सको लियोन सहरबाट चीनका लागि उडेका थिए ।

स्रोतलाई उदृत गर्दै चाइना पोस्टले सोधपुछका लागि लगिएको हुनसक्ने लेखेको  छ। होङ्वेई बेपत्ता भएको भन्दै उनकी पत्नीले प्रहरीलाई खोजिदिन आग्रह गरेकी थिइन् । इन्टरपोलमा होङ्वेईको कार्यकाल सन् २०२० सम्म छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफर र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता

काठमाडौं । यूएईको ख्यातिप्राप्त अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको …

प्रतिकृया दिनुहॊस