News desk

माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच तालिम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार एनबिआईले माछापुच्छ्रेका कर्मचारीको कार्यक्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गर्नेछ । उक्त सम्झौता एक वर्षसम्मको लागि भएको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे । बैंकका देशभरि ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर, २९ शाखा रहित बैकिङ्ग सेवा, ९९ एटीएम …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंक र चन्द्रागिरि हिल्सबीच सम्झौता, केबुलकारको टिकट खरिदमा २० प्रतिशत छुट!

काठमाडाैं । ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार, ग्लोबल बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डबाहकले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिदगर्दा २० प्रतिशत छुट पाउने छन् । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । चन्द्रागिरि बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत दिन सम्झौता गरेको बैंकले जनाएको …

पुरा पढ्नुहॊस »

साँखु-दक्षिणकाली रुटमा बाबा गोकर्णेश्‍वरका ४० बस

काठमाडौं । काठमाडौंको साँखुदेखि दक्षिणकाली रुटमा ३० वटा नयाँ शस थपिएका छन् । सधै यात्रुको चाप हुने यो रुटमा बाबा गोकर्णेश्‍वरले मंगलबारदेखि ३० वटा बस थपे गरी  ४० बस पुर्‍याएको हो । यस अघि उसले यो रुटमा १० वटा सब रहेका थिए । साँखु दक्षिणकाली बाहेकका रुटमासमेत गरी यो यातायात कम्पनीले आफ्ना ८० वटा बस गुडाइरहेको छ । यो कम्पनिका थप ४० वटा गाडी साँखुबाट जोरपाटी हुँदै चावहिलको रुटमा चल्ने गरेका …

पुरा पढ्नुहॊस »

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

काठमाडाैं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार लेजर फिजिक्समा काम गर्ने तीनजना वैज्ञानिकहरूलाई दिने घोषणा गरिएको छ । उक्त पुरस्कार अमेरिकी नागरिक अर्थर अस्किन तथा फ्रान्सेली ग्रेरार्ड माउरोउ र क्यानेडेली डोन्ना स्ट्रिकल्यान्डलाई प्रदान गरिने भएको हाे । पुरस्कारको राशि अस्किनले आधा र माउरोउ र स्ट्रिकल्यान्डले बाँकी रहेका भाग प्राप्त गर्ने छन् । क्यानेडेली स्ट्रिकल्यान्ड भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने तेस्री महिला हुन । सन् १९०१ देखि नै भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गर्दै …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ३ सय बढ्यो

काठमाडाैं । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ७३५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि ७ सय ३५ रुपैयाँमा नै कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

चन्द्रागिरि हिल्सलाई ‘पहुँचयुक्त’ तर्फको इनोभेटिभ अवार्ड

काठमाडौं । राष्ट्रिय अपांगता महासङ्घ नेपालले चन्द्रागिरि हिल्सलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले चन्द्रागिरि हिल्सका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई अवार्ड प्रदान गरेकी हुन् । काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचना अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ ।  पहुँचयुक्तता प्रवद्र्धन गर्ने र्याम्प, पदमार्ग, …

पुरा पढ्नुहॊस »

सानिमा माई हाइड्रोपावरले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने

काठमाडाैं । सानिमा माई हाइड्रोपावरले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिन लागेको हो । सो लाभांश वित्तरणका लागि साधारणसभाले पारित गरेको हुनुपर्नेछ । कम्पनीले साधारणसभा कात्तिक ८ गतेलाई बोलाएको छ । सो साधारणसभाले लाभांश वित्तरणको प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वित्तिय विवरण र हाइड्रोपावरलाई गाभ्ने प्रस्ताव पनि पेश हुँदैछ …

पुरा पढ्नुहॊस »

हेर्नुस् आजको विनिमय दर

काठमाडौं । मंगलबार सोमबारको तुलनामा रियाल, दिर्हाम, दिनार र रिंगिटको भाउ केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ६८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८४ …

पुरा पढ्नुहॊस »

राती ८ बजदेखि विहान ५ बजेसम्म नागढुंगामा सडक बन्द हुने

काठमाडाैं । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा-पिपलामोड सडकखण्डमा सडक विभागले सवारीसाधन आवागमन रोक लगाएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख देवकुमार तामाङले मंगलबारदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए । ‘निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,’ उनले भने । …

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरणः प्रहरीलाई घाँटीमा अड्किएको काँडा जस्तो !

काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएको छ। हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको छ। स्थानीय प्रहरी र जिल्ला प्रहरी कार्यालयको गम्भीर लापरबाहीले प्रमाण मेटिएको आरोप लागिरहेको छ। पछिल्लोपटक निर्मला हत्या प्रकरणको अनुसन्धान झन् जटिल बन्दै गएको छ। कञ्चनपुर प्रहरीले अभियुक्तका रूपमा प्रस्तुत गरिएका दिलीप विष्टको डिएनए परीक्षण रिपोर्ट गलत आएपछि उनी …

पुरा पढ्नुहॊस »