माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच तालिम सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार एनबिआईले माछापुच्छ्रेका कर्मचारीको कार्यक्षमता विकासका लागि विभिन्न तालिम सञ्चालन गर्नेछ ।

उक्त सम्झौता एक वर्षसम्मको लागि भएको बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे ।

बैंकका देशभरि ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर, २९ शाखा रहित बैकिङ्ग सेवा, ९९ एटीएम छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after