काठमाडौं । राष्ट्रिय अपांगता महासङ्घ नेपालले चन्द्रागिरि हिल्सलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले चन्द्रागिरि हिल्सका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई अवार्ड प्रदान गरेकी हुन् ।
काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचना अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ । पहुँचयुक्तता प्रवद्र्धन गर्ने र्याम्प, पदमार्ग, शौचालय, विधुतीय गाडी तथा ह्विल-चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको कम्पनीको दावी छ ।
नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्सलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपांग महासंघले जनाएको छ । राष्ट्रिय अपाङ्ग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्य तीन संघ-संस्था सम्मानित भएका छन् ।
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपाङ्गमैत्री संरचना निर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तब्य बन्ने विश्वास व्यक्त गरे ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।




