काठमाडौं । काठमाडौंको साँखुदेखि दक्षिणकाली रुटमा ३० वटा नयाँ शस थपिएका छन् । सधै यात्रुको चाप हुने यो रुटमा बाबा गोकर्णेश्वरले मंगलबारदेखि ३० वटा बस थपे गरी ४० बस पुर्याएको हो ।
यस अघि उसले यो रुटमा १० वटा सब रहेका थिए । साँखु दक्षिणकाली बाहेकका रुटमासमेत गरी यो यातायात कम्पनीले आफ्ना ८० वटा बस गुडाइरहेको छ । यो कम्पनिका थप ४० वटा गाडी साँखुबाट जोरपाटी हुँदै चावहिलको रुटमा चल्ने गरेका छन् । यो कम्पनीले थप २० वटा बस तत्काल थप्ने योजना बनाएको कम्पनीका अध्यक्ष भीब बस्नेनेत बताए । उनकाअनुसार २० वटा बस भने दुई वटा रुटमा १०/१० वटा गरी संचालन गरिने छ ।
गोकर्णेश्वर यातायातले डेढ वर्ष अघिमात्रै २५ वटा बस संचालनमा ल्याएको थियो । डेढ वर्षको अवधिमा उसले ८० वटा गाडी पुर्याएको छ भने केही महिनामा थप २० गरी १०० वटा पुर्याउने लक्ष्यमा रहेको अध्यक्ष बस्नेतले जानकारी गराए । यी बसहरूमा २०० जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ ।




