News desk

पिएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । नेपालले पीएनजीलाई पराजित गरेको छ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएको थियो । पिएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए भने सेसे बाउले २१ तथा टोनी उराले १३ र नोसैना पोकानाले १२ रन बनाएका थिए । नेपाली बलर कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका …

पुरा पढ्नुहॊस »

एमालेले बोलायो संसदीय दलको बैठक, ह्विप जारी गर्नसक्ने

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बोलाइएको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बैठकमा आफ्ना सांसदलाई विश्वासको मत दिन पार्टीले ह्विप जारी गर्नसक्ने जनाइएको छ । …

पुरा पढ्नुहॊस »

देउवाले बोलाएर संसद्‌मा रहेका कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नु पर्ने भूमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ । सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी मात्रै उपस्थित रहने छन् ।  

पुरा पढ्नुहॊस »

सरकार र मिटरब्याजपीडितबीच चारबुँदे सहमति, ४२औँ दिनमा रोकियो आन्दोलन

काठमाडौं । संघर्षरत मिटरब्याजपीडितसँग सरकारले चारबुँदे सहमति गरेको छ । संघर्षको ४२औँ दिनमा सोमबार सरकारसँग सहमति भएसँगै पीडितहरूले आन्दोलनका सबै कार्यक्रम पनि अन्त्य गर्ने घोषणा गरेका छन् । थप अधिकारसहित नयाँ जाँचबुझ आयोग गठन गर्नेलगायत सहमति भएको हो ।

पुरा पढ्नुहॊस »

गुड्दागुड्दै ट्रकमा लाग्यो आगो : कर्णाली पुलमा क्षति, आवतजावत बन्द

काठमाडौं । कैलाली र बर्दिया जोड्ने कर्णालीको चिसापानी पुलमा गुड्दागुड्दैको ट्रकमा आगलागी भएपछि आवतजावत नै बन्द भएको छ । आगलागीले पुलका लठ्ठामा पनि क्षति भएपछि सवारीसाधन गुड्न बन्द गरिएको हो ।

पुरा पढ्नुहॊस »

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कर्णाली पुलमाथि गुडिरहेको ट्रकमा भीषण आगलागी, पुलमा समेत क्षति

काठमाडौं । कर्णाली नदीमाथि बनेको पुलमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी हुँदा पुलमा समेत क्षति पुगेको छ । कैलालीको लम्की नगरपालिकास्थित चिसापानी भएर बग्ने कर्णाली नदीमाथि बनेको पुलमा वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना. ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको हो । ट्रकमा एक करोडभन्दा बढी मूल्य बराबरको लाइटर रहेको चिसापानी प्रहरीले जनाएको छ । ट्रकमा एक्कासि लागेको आगो फैलिँदै जाँदा पुलका लट्ठामा समेत आगो फैलिएको थियो । आगो करिब …

पुरा पढ्नुहॊस »

कांग्रेस कोटामा नियुक्त ३ प्रदेश प्रमुख बर्खास्त, नयाँ सिफारिस

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । यसअघि कांग्रेस– माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । तीनै प्रदेशमा एमाले निकट सिफारिस भएका छन् ।कांग्रेस बाट गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । सरकारका …

पुरा पढ्नुहॊस »

एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी

काठमाडौं । एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव अर्याललाई गृह लैजाने निर्णय गरेको हो । हालका गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सारिएको छ । रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हाले लगत्तै अर्याललाई गृहमा ल्याइएको हो । अर्यालले सचिवको रुपमा अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा …

पुरा पढ्नुहॊस »