२० दिनपछि बाबुछोरीको शव हिउँमा पुरिएको अवस्थामा फेला

काठमाडौँ । मनाङमा गत कात्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय नागरिकको शव फेला परेको छ। सशस्त्र प्रहरी बलको टोलीले आइतबार दिउँसो ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाइ पटेल र १७ बर्सिया प्रियन्साकुमारी पटेलको शव फेला पारेको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मृतक दुवै बाबु छोरी हुन् । उनीहरू मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटेलमा बसेका थिए र कात्तिक ३ गते मिलारेपा गुम्बा घुम्न निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन भएपछि होटेलले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । प्रारम्भिक खोजीमा नभेटिएपछि कात्तिक २३ गते नायब उपरीक्षक हिराबहादुर जिसीको नेतृत्वमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको हो ।

शवलाई घटनास्थलबाट तल झार्ने काम भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री