सोमबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ७ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६२८ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री